अर्घाखाँचीमा बहुविवाह मुद्धाका फरार १ जना प्रतिवादी पक्राउ

सागर महत,सन्धिखर्क ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बहुविवाह मुद्धाका फरार १ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीका महेन्द्र मिश्र रहेको प्रहरीले जनाएको छ । हाल रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ नमुनाटोल बस्दै आएका उनी फरार थिए ।
विशेष सुचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिपेन्द्र रावलले जानकारी दिनुभयो ।
जिल्ला अदालत अर्घाखाँचीले २०७२ भदौ १४ गतेको फैसलाले ११ महिना ५ दिन कैद तथा ५ हजार रुपैँया जरीवाना तोकीएकोमा उनी हाल सम्म फरार रहेको हुदा प्रहरीले आज पक्राउ गरी अर्घाखाँची जिल्ला अदालतमा बुझाईएको छ ।
कमेन्ट गर्नुहोस !