मालारानी गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स दिने निर्णय

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका लाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स दिने भएको छ । जसको लागि गाउँपालिकामा पनि महानगरपालिकाले पत्र पठाएको छ ।
असोज ४ गतेको सूचना बमोजिम माग भएका निवेदनका आधारमा निश्चित मापदण्डभित्र छनोट भएका गाउँपालिकालाई नियमानुसार एम्बुलेन्स उपलब्ध गराउने महानगरकाले निर्णय गरेको थियो ।सोहि बमोजिम मालारानी गाउँपालिकाले एम्बुलेन्स प्राप्त गर्न लागेको हो।काठमाडौं महानगरपालिकाले सुचना जारी गदै माघ महिना भित्र एम्बुलेन्स हस्तान्तरण गर्ने भएको छ ।पालिकालाई एम्बुलेन्स दिने निर्णयगरेकोमा काठमाडौं महानगरपालिकालाई पालिका अध्यक्ष दलबहादुर भट्टराईले धन्यवाद दिनु भएको छ ।
कमेन्ट गर्नुहोस !