देउराली यातायात अर्घाखाँचीको अध्यक्षमा पुन बन्जाडे निर्बाचित ,१५ सदस्यीय कार्य समितिको चयन

सागर महत ,सन्धिखर्क ।अर्घाखाँचीका ग्रामीण क्षेत्रमा सबै भन्दा पहिललेबाट सेवा दिदै आएको देउराली यातायात अर्घाखाँची प्रालिको अध्यक्षमा गोविन्द प्रसाद बन्जाडे पुनः सर्ब सहमत निर्बाचित हुनुभएको छ् । सन्धिखर्कमा सम्पन्न भएको दोस्रो अधिवेशनले गोविन्द प्रसाद बन्जाडेको अध्यक्षतामा १५ सदस्यीय कार्य समितिको निर्बिरोध रुपमा सर्व सहमत चयन गरेको हो ।
हाल जिल्लाका ग्रामीण क्षेत्र तथा जिल्लाबाट बाहिर विभिन्न क्षेत्रमा यातायातको सेवा देउराली यातायात प्रालीले सेवा पुराउदै आएको हो । समितिको सदस्यहरुमा अशोक कुमार भुसाल, प्रेम प्रकाश पाण्डे, गंगा घिमिरे, प्रकाश पिसी, बलराम भुसाल, कृष्ण प्रसाद बन्जाडे, मोहन ब्रिकम जिसी, देबिराम बेल्वासे, बामदेव गैरे, सुदीप रायमाझी, महेन्द्र बन्जाडे, प्रकाश पौडेल, नारायण श्रेष्ठ र रमेश श्रेष्ठ रहनुभएको छ ।
नव निर्बाचित समितिका अध्यक्ष तथा सदस्यहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम आजै सम्पन्न भएको छ । कार्यक्रममा निर्बाचन समितिका संयोजक कुलचन्द्र खनाल, सदस्य कृष्ण प्रसाद खनाल, शोभाखर पन्थी, अध्यक्ष मण्डलका संयोजक युवराज खत्री, सदस्य काजी श्रेष्ठ लगायतले मन्तव्य राखेको कार्यक्रममा नव निर्वाचित अध्यक्ष गोविन्द प्रसाद बन्जाडेले देउराली यातायात अर्घाखाँची प्रालिलाई थप व्यवस्थीत गरेर अगाडी बडााउने बताउनुभयो ।
कमेन्ट गर्नुहोस !