अर्घाखाँचीमा एकै दिन ३३ जना कोरोना मुक्त,३० जनामा संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकामा १७ जना,शितगंगा नगरपालिकामा ६ जना र मालारानी गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या १९ सय ५६ पुगेको छ भने गएको २४ घण्टामा जिल्ला भर बाट ३३ जनाले कोरोना जितेर डिस्चार्ज भए सँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ११सय ९० पुगेको छ ।अब जिल्लामा सक्रिया कोरोना संक्रमितको संख्या ७ सय १४ जना पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यस्तै कोरोना संक्रमण बाट आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भुमिकास्थान नगरपालिका वडा नम्बर ८ का ६९ वर्षिय पुरुष रहेको बताइएको छ । हाल सम्म कोरोना बाट मृत्यु हुनेको संख्या ५२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !