छत्रदेव गाउँपालिकाले प्राथामिक आँखा उपचार केन्द्र संचालन गर्ये

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा प्राथामिक आँखा उपचार केन्द्र संचालनमा आएको छ ।संविधान दिवसको अवसर पारेर गाउँपालिकाको वडा नम्बर २ बल्कोटमा बुधबार देखि संचालनमा आएको छत्रदेव प्राथामिक आँखा उपचार केन्द्रको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले उद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आँखा सम्बन्धी सामन्य समस्या भए पनि सन्धिखर्क र गुल्मी जाने समस्या हटने उहाँको भनाइ छ । ८ वटा वडा लाई लक्षीत गरेर संचालन गरेको बताउनुभयो। गाउँमै सेवा प्राप्त गर्दा बिरामीको पैसा पनि बचत हुने समयको बचत पनि हुने छ ।
त्यहाँ खटीने चिकित्सकलाई पालिकाले तलब प्रदान गर्ने भएको छ ।यस्तै माइनर अपरेसन पनि हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले जानकारी दिनुभयो।नेपाल नेत्र ज्योती संघ अर्घाखाँचीले केहि आँखा सम्बन्धी मेडिकल सामग्री हस्तान्तरण गरेको प्रमुख प्रशासकिय अधिकृत पन्थले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनी पन्थी,स्वास्थ्य शाखा प्रमुख बुद्वीराम न्यौपाने,गाउँपालिकाकी पुर्व उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, जिल्ला आँखा अस्पताल अर्घाखाँचीका प्रमुख सागर घिमिरे लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !