बागलुङमा बस दुर्घटना हुँदा ७ को मृत्यु

बागलुङ । बागलुङको निसीखोलामा आज बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। पश्चिम रुकुमबाट काठमाडौंका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको हो। बस दुर्घटनामा परेर २० जनाभन्दा बढी घाइते भएको बागलुङ प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलले बताए।
बस मध्यपहाडी लोकमार्गबाट १ सय ५० मिटर तल खसेको प्रहरी निरीक्षक विकले बताए। घटनामा घाइतेको प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन्। मृतक र घाइतेहरूको नाम खुल्न सकेको छैन। साँझको बेला भएको उद्धारमा समस्या भइरहेको प्रहरी निरीक्षक विकको भनाइ छ।
कमेन्ट गर्नुहोस !