प्रेस चौतारी अर्घाखाँची शाखाद्वारा स्थापना दिवसमा शैक्षिक सामाग्री बितरण

सन्धिखर्क ।प्रेस चौतारी नेपाल अर्घाखाँची शाखाले आफ्नो २५ औं स्थापना दिवसको अबसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा खाजाखाने टिफिन लगायतका सामाग्रीहरु बितरण गरेको छ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १२ स्थित जन प्रकाश आधारभुत बिद्यालयमा अध्यनरत छात्रा तथा छात्रहरु लाई शैक्षिक सामाग्री बितरण गरिएको थियो ।
नेकपा एमाले जिल्ला कमिटीका सचीव तोजबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा गरिएको शैक्षिक सामाग्री बितरण कार्यक्रममा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष शोभाखर पन्थी , नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल ,प्रेस चौतारिका जिल्ला इन्चार्ज हिम जिसि लेकाली , नेपाल पत्रकार महासंघका प्रदेश समिति सदस्य प्रेमनारायण आचार्य, विद्यालयका प्रधनाध्यापक राधा बस्याल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षता जिल्ला सदस्य लक्ष्मी खनालको स्वागत मन्तव्य तथा सचिव सिद्धार्थ केसीको संचालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस !