मतदातालाई धन्यवाद दिन घरदैलो अभियानमा नेताःकेसी

भुमिकास्थान ।गत मंसिर ४ गते सम्पन्न संघ तथा प्रादेशिक तहको निर्वाचनमा बनेको ५ दलीय गठबन्धनले भूमिकास्थानको ढाकावाङ्गमा मतदातालाई धन्यवाद ज्ञापन गरेको छ।

ढाकावाङ्गको पिपलनेटा बजारमा सम्पन्न कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गत मंसिर ४ गतेको निर्वाचनमा अर्घाखाँची निर्वाचन क्षेत्र १(क)का बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका सागर केसीले कतिपय जिम्मेवार व्यक्तिहरू गठबन्धनको निर्णय कार्यान्वयनतर्फ नलाग्नु तथा नेताले मतदातासँग पहुँच राख्नुभन्दा आर्थिक विषयमा जोड दिनुका कारणले अर्घाखाँचीमा गठबन्धन सफल हुन नसकेको बताउदै यो हार कुनै व्यक्ति, कुनै १ राजनीति दलको नभई सिङ्गो गठबन्धनको हार भएको बताउनुभयो।

अर्घाखाँचीमा गठबन्धनलाई विजयको नजिक पु¥याउने सबैमा धन्यवाद दिदै जिल्लाका हरेक बिकास निर्माणका काममा जनतासँग सँगै रहने बताउनुभयो।
त्यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा ,नेकपा (माओवादी केन्द)का भूमिकास्थान नगरपालिकाका उपाध्यक्ष बाबुराम खनाल नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close