अबको नेतृत्व समावेशी विकास होःकांग्रेस नेतृ भुसाल

अर्घाखाँची ।प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार पुष्पा भुसालले हरेक क्षेत्रको विकासको लागि अब समावेशी नेतृ आवश्यक रहेको बताउनुभएको छ। यस्तै उहाँले पछिल्लो समय महिला अधिकारका विषयमा जानकार वालाले भाषणमा भने बमोजिम अधिकार दिन नसकेको बताउनुभएको छ ।त्यो अधिकार प्राप्तको लागि त्यो दायित्व काधमा आएको बताउनुभएको छ ।


छत्रदेबमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै भुसालले यस्तै बताउनुभएको हो ।अर्के तर्फ
संविधान बनाएर त्यसको कार्यान्वयन गर्न जनताले एमालेलाई झन्डै दुईतिहाई मत सहित सत्तामा पुर्याएपनि एमालेले संविधान र नागरिकको अभिमतको सम्मान गर्न नसकेको बताउनु भयो । गठबन्धनबाट प्रतिनिधि सभाको उम्मेदवार बन्नु भएकी भुसालले संविधान रक्षाको लडाईमा संसद पुनस्थापना गरेर एक खुड्किला सफल भएपनि मंसिर ४ गते अर्को परिक्षा रहेकाले संविधान र देशको हितमा जनताले निर्णय गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
कार्यक्रममा गठबन्धनबाट प्रदेशसभा ‘क का प्रदेश सदस्य पदका उम्मेद्वार सागर केशीले दुई तिहाईको सरकार चलाउन नसक्दा देशको यो स्थिती भएको बताउनु भयो । जनताको मतको दुरुपयोग गरेकाले एमालेलाई पुनः मत दिनु भनेको देशलाई पछाडी धकेल्नु भएको बताउनु भयो ।

कार्यक्रम नेपाली कांग्रेस छत्रदेब गाउँकार्यसमिति सभापति प्रकाशराज पन्थीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा कांग्रेस प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, पुर्व केन्द्रिय आमन्त्रीत सदस्य बालकृष्ण पाण्डे , जिल्ला सभापती केशव श्रेष्ठ, समानुपातिक उम्मेद्वार लोकेन्द्र विश्वकर्मा, कांग्रेस जिल्ला सचिव कृष्ण खनाल, अच्युत गौतम, महाधिवेशन प्रतिनिधि , जिल्ला सदस्य , भातृसंस्ताका अध्यक्ष तथा प्रतिनिधि लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close