आजदेखि सोह्र श्राद्ध शुरु

काठमाण्डौ । आजदेखि सोह्र श्राद्ध शुरु भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन्। तिथिमै गर्न नसके अन्तिम दिन ‍‍औँसीमा श्राद्ध गर्ने परम्परा छ। यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिएको धर्मशास्त्री डा. रामचन्द्र गौतमले बताए।

चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिकासाथ सम्झिने वैदिक सनातन हिन्दु परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ ।

सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ शुरु हुन्छ । यस वर्ष गएको साउन महिनामा अधिकमास परेकाले सोह्रश्राद्ध र बडादशैँ पछि सरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close