स्वतन्त्र पार्टीले देशको हितमा काम नगर्ने दुर्गा पौडेलको जिकिर

सागर महत,अर्घाखाँची । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी अमेरीकाले नेपालमा खोलेको आरोप लगाउनुभएको छ ।

प्रगतिशिल पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उहाँले कुनै विचार सिद्वान्त बिना सञ्चालनमा आएको पार्टीले देशको हक हितका लागि काम नगर्ने जिकिर गर्नुभयो । चितवनमा भएको उपनिर्वाचनमा समेत अमेरीकी आएर भोट मागेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजयी गराउन भूमिका खेलेको उपाध्यक्ष पौडेलको आरोप छ ।

अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि खतरा देखिएकोले जेठ १ देखि १५ गतेसम्म त्यस विरुद्वमा पार्टीले जनजागरण अभियान सञ्चालन गरेको उहाँको भनाइ छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको माध्यमबाट अमेरीकी साम्राज्यवाद संसदमा पुगेको आरोप लगाउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close