अर्घखाँचीःपाणिनि शीतभण्डारमा राखेका ६३ टन सुन्तला कुहिएर नष्ट, अनुसन्धान सुरु
सन्धिखर्क । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा वडा नम्बर २ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको किसान खगेन्द्र पौडेलले बताउनुभएको छ । गत वर्ष पनि सुन्तला दानामा ढुसी लागेर केही नष्ट भएको थियो । गत वर्षको तुलनामा यस वर्ष बढी क्षति भएको छ ।
सुन्तला कसरी र किन कुहियो भनी नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक उमेश आचार्यको र कृषि विकास निर्देशनालयको टोलीले स्थलगतरुपमा अवलोकन गरी अनुसन्धान शुरु गरेको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताउनुभयो । यस वर्ष शीतभण्डारमा राखेका ६३ मेट्रिकटन सुन्तला कुहिएपछि झण्डै ५६ लाख ७० हजार घाटा व्यहोर्नु परेको बताएको छ ।
कमेन्ट गर्नुहोस !