शितगंगामा विपद उद्धार अभ्यास

सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ३ ठाडादह स्थित डमरुदहमा मनसुनजन्य विपद उद्धार अभ्यास अन्तरगत हुने डुबान, खोच उद्धार तथा ग्याँस आगलागीबाट उत्पन्न हुने विपद बाट मानविय तथा जिउधनको क्षति हुन नदिन तथा क्षति न्यूनिकरण गर्ने अभ्यास भएको हो ।यसबाट भैपरी आउने समस्या समधानमा केही भएपनि टेवा पुग्ने अपेक्षा राखिएको छ ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल को संयुक्त आयोजनामा गरिएको हो ।उक्त कार्यक्रममा शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत,झविन्द्र खनाल,जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजाल लगायको सहभागीतामा कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close