प्रधानमन्त्री ओलीको राजीनामा माग्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्नको लागि प्रधानमन्त्रीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निमार्णको पहल गर्ने निर्णय लिएको छ ।वैकल्पिक सरकार निर्माणको पहलका लागि पहिलोपल्ट औपचारिक निर्णय शुक्रबार गरेको कांग्रेस केन्द्रीय कार्यसमितिको बसेको बैठकले सो निर्णण गरेको बताईएको छ ।अर्के तर्फ आफैंले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक भनिसकेपछि ओलीले नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने निचोड कांग्रेसको छ ।

सर्वोच्च अदालतले नेकपाको एकता भङ्ग गरेपछि प्रचण्डले दुई पटक देउवालाई सत्ता–गठबन्धनको प्रस्ताव गरेको भए पनि अहिलेसम्म कांग्रेसले ठोस निर्णय गर्न सकिरहेको थिएन । कांग्रेसको पछिल्लो निर्णयले संसद्को चौथो शक्ति जसपालाई पनि ओलीकै निरन्तरता वा नयाँ गठबन्धन भन्नेबारे ठोस निर्णय लिनुपर्ने दबाब बढेको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close