अर्घाखाँची छत्रदेवकी एक महिला ४दिनदेखि वेपत्ता

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ३ बल्कोट सानी पोखरी निवासी ३२ वर्षिय पुनम खनाल ४ दिनदेखि वेपत्ता हुनुभएको छ ।
गत जेठ १६ गते बिहान घरबाट बुटवल जान्छु भनि हिडेको र हाल सम्म सम्पर्कमा नआएको उहाँका देवर विष्णु खनालले जानकारी दिनुभयो ।पटक पटक सम्पर्क गर्दा समेत सम्पर्क नभएको उहाँले बताउनुभयो ।पुनमका १ छोरा र एक छोरी छन ।श्रीमान रोजगारीको शिलिशिलामा भारतमा रहेको उहाँले बताउनुभयो ।
वेपत्ता भएपछि परिवारले खोजी गरिदिन सबैमा अपिल गरेको छ ।फेला पार्ने व्यक्तीले नजिकैको प्रहरी चौकी वा निम्न नम्बरमा सम्पर्क गरिदिन समेत अनुरोध गरिएको छ ।ससुरा बलराम खनाल ९८४४७६४४५४ र देवर बिष्णु खनाल ९८५१११५५४
कमेन्ट गर्नुहोस !