सन्धिखर्क ६ को एक सहकारीमा ६ लाख बढी चोरी

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको एक सहकारीमा चोरी भएको छ ।सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा रहेको साना किसान कृषी सहकारी संस्था लिमिटेडको कार्यालबाट गएराति ६ लाख ६३ हजार ८ सय १० रुपैयाँ नगद चोरी भएको सहकारीले जनाएको छ ।
सिसिटिभि क्यामेरा जडान गरिएको कम्प्युटरको हार्डडिस्क निकालेर चोरी भएको सहकारीका कम्प्युटर अपरेटर प्रकाश महत्राले जानकारी दिए ।
ढोका र पैसा राख्ने लकर समेत तोडिएको बताए। मुख्य सिसिटिभि क्यामेरा जडान गरेको हार्डडिस्क नै चोरी भएपछि चोर पत्ता लगाउन अप्ठारो भएको कम्प्युटर महत्राको भनाइ छ। यस बारेमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीलाई पनि जानकारी गराइएको र अनुसन्धान सुरु भएको समेत बताए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close