आज अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गदै मनाइदैं

काठमाडौँ। आज मार्च ८ गते विश्वभर नै नारी दिवस मनाइँदैछ। यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ। अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो। नारी दिवस सन् १९१० मा क्लारा जेट्किनले सुरु गर्नुभएको थियो ।पहिलो पटकप नेपालमा त्रिभुवन राजा बनेको दिन यो दिवस मनाउन थालिएको हो। त्यही समयमा प्रधानमन्त्री चन्द्रशमशेर थिए, जसले कानून बनाएरै सती प्रथा उन्मूलन गरेका थिए।
आज नेपालमा पनि विविध कार्यक्रम हुँदैछन् ।नेपालको संविधानले नै महिलाका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरे पछि अहिले राजनीतिमा महिलाको सक्रियता बढ्दै गएको छ । उत्पीडन, जनजाति, आदिवासी, दलित, पिछडिएका वर्ग आदि महिलाका लागि चुनावमा थप आरक्षणको व्यवस्था गरिएको छ । देशभरका सात सय ५३ स्थानीय तहमध्ये १८ वटामा मात्रै महिलाको नेतृत्व छ ।
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस !