राष्ट्रपति पौडेलले उपचार खर्च आफैँले ब्यहोर्नुपर्नेः गगन थापाको भनाइ

काठमाण्डौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले ब्यहोर्नुपर्ने बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसले १सय३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च ब्यहोर्नुपर्ने बताउनुभएको हो ।
भारतबाट उपचार गरेर आइतबार स्वदेश फर्किएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभइ आफ्नै खल्तीबाट ब्यहोर्नुपर्ने उहाँले बताउनुभयो।राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ ब्यहोर्छु भनेर सार्वजनिक गर्न उहाँले आग्रह गर्नुभयो ।
महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने बताउनुभएको हो ।
कमेन्ट गर्नुहोस !