अर्घाखाँचीमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीलाई सम्मान तथा प्रशिक्षण कार्यक्रम

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा गत वैशाखमा भएको स्थानीय चुनावमा पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेसले दिएको छ ।कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समिति क्षेत्र न . १“ क“ र “ख “ को संयुक्त आयोजनामा राखिएको जन प्रतिनिधि संमान तथा प्रशिक्षण कार्यक्रम सन्धिखर्क जिल्ला समन्वय समितिको सभाहलमा भएको थियो ।कार्यक्रममा स्थानीय सरकार सञ्चालनलगायत विषयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर गोबिन्द पोख्रेल लगायतका नेताले प्रशिक्षण दिनुभएको कांग्रेस अर्घाखाँचीका प्रचार विभाग प्रमुख सुर्य भुसालले जानकारी दिनुभयो ।
कांग्रेसबाट निर्वार्चित २ पालिका प्रमुख, २४ वडा अध्यक्ष र ८४ जना वडा सदस्य गरि १ सय १० जना जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण दिएको हो ।यस्तै ‘जनतासँग नेपाली काँग्रेस’ अभियान भाद्र १० देखि २४ सम्म सञ्चालन भएको कार्यक्रममा केन्द्रिय सदस्य डाक्टर गोबिन्द पोख्रेल लगायतका नेता खटि सक्नुभएको छ । जिल्लाका ६ वटा स्थानीय तह र ६१ वडामा अभियान संचालन हुने कांग्रेस अर्घाखाँचीले जनाएको छ ।
कार्यक्रममा केन्द्रिय सदस्य गोविन्द पोखरेल कांग्रेस नेता रेवती भुसाल,डा. रामबहादुर बिसी, लुम्बिनी प्रदेश कांग्रेस उपसभापति भुवन श्रेष्ठ, कांग्रेसका आम्नत्रीत पुर्ब केन्द्रीय सदस्य बालकृष्ण पाण्डे, जिल्ला सभापति केशव श्रेष्ठ कांग्रेसका पुर्ब जिल्ला सभापति कमलप्रसाद भुसाल, महाधीबेशन प्रतिनिधि डाक्टर मुक्ति श्रेष्ठ, सुर्य अधिकारी, लेखनाथ पोख्रेल,निर्मला क्षेत्री, कांग्रेस जिल्ला उपसभापति बिष्णु प्रसाद भुसाल, सचिव कृष्ण प्रसाद खनाल, सहसचिव कमल पौडेल, कोषाध्यक्ष विष्णु क्षेत्री, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का लगायतको सहभागीता रहेको कार्यक्रम प्रदेश सभा क्षेत्रीय कार्य समिति क्षेत्र न १क का सभापति राजेश पन्थीको अध्यक्षता ख का सभापति हेमन्त बेल्बासेको स्वागत मन्तव्य सुरज रायमाझीको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !