अर्घाखाँचीमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा १२ जना, भुमिकास्थान नगरपालिकामा ९ जना,शितगंगा नगरपालिकामा १३ जना,मालारानी गाउँपालिकामा १७ जना र छत्रदेव गाउँपालिकामा २ जना गरि ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै कुल कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८८ पुगेको छ। यस्तै जिल्लााभर बाट पछिल्लो २४ घण्टामा ४७ जना कोरोना मुक्त भए संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या २८ सय २५ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या ५सय९० रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाको सन्धिखर्क नगरपालिकामा कोरोना संक्रमण बाट १ जनाको मृत्यु भए संगै हाल सम्म कोरोना संक्रमण बाट जिल्लाभरमा मृत्यु हुनेको संख्या ७३ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !