अर्घाखाँची र प्युठानको संगम स्थलमा मितेरी झोलुङ्गेपुल निर्माण

सागर महत,अर्घाखाँची ।
अर्घाखाँची र प्युठानको संगम स्थलमा झोलुङ्गेपुल निर्माण भएको छ । प्युठानको ऐरावती गाँउपालिका वडा नम्बर ६ र अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको वडा नम्बर ५ को संगमस्थल छापेखोलामा निदेनीगैरा झोलुङ्गेपुल निर्माण भएको हो ।

पुलको उद्घाटन गदै भुमिकास्थान नगरपालिका नगर प्रमुख झविलाल थापाले पुलले दुई जिल्लाको सम्बन्धमा बढ्ने बताउनुभयो ।


कृषकहरुको खेतियोग्य जमिन दुबै तर्फ पनि भएकाले बर्खाको समयमा ठुलो खोला आउने भएकाले कृषकलाई कृषि उपज ओसार पसारमा पनि सहज हुने उहाँले बताउनुभयो । साथै नगर प्रमुख थापाले दुई जिल्ला जोड्ने पुलको नाम मितेरीपुल राखेको समेत घोषणा गर्नुभएका हो ।
भुमिकास्थान नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जय गोपाल श्रेष्ठले आवश्यकताको आधारमा पुल निर्माण गरिएको बताउनुभयो ।


नगरपालिकाको मातहतमा सम्पन्न भएको पुलको प्राविधिक सहयोग ग्रामिण तथा सामुदायिक विकास केन्द्र अर्घाखाँचीले गरेको संस्थाका जिल्ला अध्यक्ष ठाकुर प्रसाद अधिकारीले बताउनुभयो ।


४४लाख १२हजार ९सय २२रुपैयाँमा निर्माण भएको मुल ७७ मिटर लम्बाई रहेको छ। पुलबाट २सय ५९ घरपरिवार लाभान्वित हुनेछन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close