अर्घाखाँचीमा जारी अन्तरपालिका रनिङशिल्ड भलिबलको उपाधी शितगंगा नगरपालिकालाई

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीमा चौथो AYC अन्तरपालिका रनिङशिल्ड भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगितामा तिन नगरपालिका र तिन गाउँपालिकाको सहभागीता रहेको थियो । फाइनल खेलमा शितगंगा नगरपालिकाले पाणिनि गाउँपालिकालाई लगातार ३—० को सोझो सेटमा जित हासील गरेर प्रथम भएको छ ।
प्रथम पुरस्कार ५० हजार भएपनि लगातार ३ वर्ष सम्म रनिङ्गशिल शितगंगाले जितेकाले थप ५० हजार सहित १ लाख पुरस्कार प्रदान गरिएको आयोजक अर्घाखाँची युवा परिषदका अध्यक्ष काजी श्रेष्ठले बताउनुभयो ।
यस्तै दृतिय पाणिनि गाउँपालिकालाई ३० हजार,तृतिय सन्धिखर्क नगरपालिकालाई २० हजार पुरस्कार प्रदान गरिएको महासचिव प्रकाश भुसालले बताउनुभयो। खेल क्षेत्रको विकासमा टेवा पुगोस भनेर खेल आयोजन गरिएको हो ।
आगामी वर्ष बाट थप पुरस्कार राशी बडाउदै लैजाने लैजाने बताएको छ । प्रतियोगिताको टिममा जिल्ला भन्दा बाहिरको २ जना मात्र खेलाडी राखिएको थियो ।२०७२ सालबाट सुरु गरिएको खेल बिचमा कोरोनाका कारण रोकिएको थियो ।त्यसलाई अहिलेबाट निरन्तरता दिएको हो ।
पुरस्कार वितरण कार्यक्रममा लुम्बिनी प्रदेश सासंद रामजीप्रसाद घिमिरे,सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, शितगंगा नगरपालिका प्रमुख छविलाल पौड्ेल,पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने,शितगंगा नगरपालिका उपप्रमुख गिता भाट,भुमिकास्थान नगरपालिका उपप्रमुख बालकृष्ण बन्जाडे लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !