मालारानी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न,उपाधी बामरुकलाइ

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिकामा १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगितामा बैधनाथ निमकुमारी बलबहादुर मावि मालारानी ७ बामरूक प्रथम भएको छ ।
यस्तै प्रतियोगितामा दृतिय कालिका ने.रा.मावि मालारानी ४ खन र तृतीय शान्ति मावि मालारानी ५ बाँगी भएको जनाएको छ । प्रतियोगितामा १४ वटा विद्यालयको सहभागीता रहेको थियो ।गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई ,उपाध्यक्ष दिपा पोखरेल,प्रमुख प्रशासकिय अधिकृत चेतनारायण कंडेल लगायतको सहभागीतामा प्रथमलाई शिल्डसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा दृतिय र तृतीय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
कमेन्ट गर्नुहोस !