आईपीएलमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्सलाई हरायो

काठमाण्डौ।इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्सलाई २१ रनले हराएको छ । लखनउको २ खेलमा यो पहिलो जित हो । गएराति भएको खेलमा लखनउले दिएको २ सय रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७८ रन मात्रै बनाउन सक्यो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एकसय ९९ रन बनाएको थियो ।
कमेन्ट गर्नुहोस !