आईपिएल किक्रेटको फाइनल खेलमा कोलकाता नाइट राइडर्स विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल किक्रेटमा उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । गएराति सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो ।
हैदरावादले दिएको १ सय १४ रनको लक्ष्य कोलकाताले ११ औं ओभरमा पूरा गर्यो।त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सनराइजर्सले १९ औं ओभरमा अलआउट हुनुअघि १ सय १३ रन जोडेको थियो।
कमेन्ट गर्नुहोस !