आईपीएल क्रिकेटमा कोलकाताले बेङ्लोरलाई हरायो

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेञ्जर्स बेङ्लोरलाई हराएको छ ।गएराति बेङ्लोरकै घरेलु मैदानमा कोलकाता २१ रनले विजयी भयो । कोलकाताले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको बेङ्लोरले ८ विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो । त्यसअघि पहिले ब्याटिङ गरेको कोलकाताका लागि ज्यासन रोयले ५६ र नितिश राणाले ३८ रन बनाए ।
बेङ्लोर आठ खेलमा ८ अङ्कसहित पाँचौँ स्थानमा र ६ अङ्क रहेको कोलकाता आठौँ स्थानमा छ ।
कमेन्ट गर्नुहोस !