सन्धिखर्कमा सम्पन्न महिला भलिबलको उपाधी जनज्योती माविलाई

सागर महत ,सन्धिखर्क ।
अन्तरपाटी महिला सञ्जाल अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा उपप्रमुख कप नगर स्तरीय महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।सन्धिखर्क नगरपालिका भित्रका ११ माध्यमिक विद्यालयको सहभागीता रहेको महिला भलिबल प्रतियोगीतामा जनज्योती माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको अन्तरपाटी महिला संजालकि अध्यक्ष चन्द्रा गैरेले जानकारी दिनुभयो ।
सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा शुक्रबार देखि सन्धिखर्कको टुडीखेलमा शुरु भएको थियो। यस्तै प्रतियोगीतामा अर्घाखाँची आवसीय मावि द्वितीय, गौरी शंकर ईंग्लिश बोर्डिंग स्कुल तृतीय र भगवती मावि शंखेटारी सान्त्वना भएको उहाँले बताउनुभयो।
भलिबल खेलमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने टिमले ट्रफी , मेडल, प्रमाणपत्र र सहित नगद पुरस्कार २० हजार, १५ हजार, आठ हजार र पाँच हजार प्राप्त गरेका छन् ।विजेता महिला टोलीलाइ सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्य सहित, अन्तरपाटी महिला सञ्जालका नेताहरुले पुरस्कार, मेडल, ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
महिलाहरु भित्र रहेको प्रतिभालाइ बाहिर देखाउन तथा छात्राहरु पनि खेलमा अब्बल छन् भन्ने मान्यता स्थापना गर्न उपप्रमुख कप नगर स्तरीय महिला भलिबल खेल प्रतियोगिता राखिएको सन्धिखर्कका नगर उपप्रमुख मिश्रा आचार्यले बताउनुभयो । पुरस्कार वितरण कार्यक्रममा सन्धिखर्क नगरपालिका का पुर्व मेयर कमलप्रसाद भुसाल,जिल्ला खेलखुद विकास समितिका अध्यक्ष विष्णु क्षेत्री लगायतको पनि सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !