आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो

काठमाडौँ- मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।बुधबार राति पुनेमा मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेेकाे हाे । लगातार तेस्रो हारसँगै मुम्बईले अंक जोड्न सकेको छैन ।
कमेन्ट गर्नुहोस !