विश्व कप क्रिकेटमा भारतले नेदरल्यान्ड्सलाई ४ सय ११ रनको लक्ष्य दियो

काठमाण्डौ ।आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्सलाई ४ सय ११ रनको लक्ष्य दिएको छ ।
बेङ्ग्लोरमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४ सय १० रन बनाएको हो ।
भारत अपराजित रहँदै १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स चार अङ्कका साथ पुछारमा छ ।
कमेन्ट गर्नुहोस !