काठमाण्डौंमा भएको मेयर कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाण्डौ – काठमाण्डौमा भएको मेयर मेयर कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।प्रतियोगिताको फाइनलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई १सय६ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९/४ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनाएको हो ।
पुलिसको जितमा सुनिल धमलाले ५९, दिपेन्द्रसिंह ऐरीले ११ र कुशल भुर्तेल तथा अनिल मल्लले समान १५/१५ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर चार बलमा अलआउट हुँदै एक सय पाँच रन बनायो । उसका वसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए । एपीएफलाई कम स्कोरमा समेट्न पुलिसका गुल्सान झा र सागर ढकालले ४/४ तथा पवन सर्राफ र ललित राजवंशीले १/१ विकेट लिए ।
विजेता बनेको पुलिस क्लबले ५ लाख र उपविजेता एपीएफले ३ लाख रुपैयाँ पुरस्कार पाएका छन् । काठमाण्डौ महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगितामा पाँच समूह सहभागी थिए ।
कमेन्ट गर्नुहोस !