इन्सेक अर्घाखाँचीको आयोजनामा बार्षिक समीक्षा कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न

सागर महत,मंसिर ०४सन्धिखर्क ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अर्घाखाँचीको आयोजनामा जिल्लामा मानव अधिकारको अवस्थाबारे नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशनका लागि वार्षिक समीक्षा कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएको छ।

कार्यक्रमका बोल्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईले इन्सेक ले तल्लो तह सम्म अर्थात सरकारले समेत पहिँचान गर्न नसकेका घटना सार्वजनिक गर्न जरुरी रहेको बताउनुभएको छ ।जसको लागि प्रशासन कार्यालय अर्घाखाँची सहकार्य गरेर अगाडि बढ्न तयार भएको थियो ।

यस्तै प्रशासन कार्यालयबाट पछिल्लो समय नागरिकतामा थप थप्ने विषयमा भने सम्पुर्ण प्रकिया पुरा गरेकालाई मात्र नागरिकता प्रदान गर्दे आएको बताउनुभयो ।

मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना हुन नदिन राज्य र सेवा प्रदायक निकायहरु सचेत भएर लाग्न जरुरी भएको बताउनुभएको छ ।
अर्घाखाँची इन्सेक प्रतिनिधि कुलबहादुर नेपालीका अनुसार इन्सेकले जिल्लामा न्यायिक प्रकुया,घरेलु हिंसा,आत्महत्याका घटना,शिक्षा र बालबालिका,स्वास्थ्य सेवा,एच आई भी संक्रमित वातावर र स्थानीय,विकास र जनसमुदाय लगायतका विषयमा सबै निकाय संग समन्वय गरेर काम गर्दै आएको बताउनुभयो ।

यस्तै दलित अधिकारक्रमी विष्णु परियारले आफ्नो समुदायका व्यक्तीहरुले नागरिकतामा थर परिवर्तनको लागि स्थानीय तह देखि प्रशासन सम्म आउँदा १० हजार भन्दा बढी खर्च हुने गरेको बताउनुभयो ।यो विषयमा बढी समस्या हुने गरेको छ । केन्द्र सरकारको एउटा निर्देशन र स्थानीय सरकार र प्रशासनको मापदण्ड पनि एउटै हुन जरुरी रहेको बताउनुभयो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस बहादुर जिसी, सन्धिखर्क नगरपालिका का निमित्त प्रमुख प्रशासकिय अधिकृत नमराज गौतम, न्यायिक समितिका सदस्य चोपनारायण श्रेष्ठ,नेपाल बाल संगठन अर्घाखाँचीका सभापति रामचन्द्र पोखरेल, जिल्ला अदालत अर्घाखाँचीका सेस्तेदार नारायण पौडेल,, जिल्ला कारागार अर्घाखाँचीका प्रशासक श्यामहरी भट्टराई, सन्धिखर्क नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियार, अर्घाखाँची अस्पतालबाट सुनिता आचार्य, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य राधा नेपालीलगायत सरोकारवालाको उपस्थिति रहेको थियो।
कार्यक्रम गैरसरकारी महासंघ अर्घाखाँचीका अध्यक्ष ठाकुर प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण इन्सेक अर्घाखाँचीका प्रतिनिधि कुलबहादुर नेपालीले गर्नुभएको थियो।






कमेन्ट गर्नुहोस !