लुम्बिनी लायन्सको एनपीएलमा जित ,एक करोड बढी पुस्कार प्राप्त

काठमाण्डौं,मंसिर २८ ।लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको छ ।लुम्बिनीले एनपीएलको उपाधिसँगै १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो  ।

सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर भेटायो । यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा ८५ रन बनाउँदा सबै विकेट गुमायो ।
यस्तै उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख रुपैयाँ, तेस्रो भएको विराटनगर किङ्ग्सले २५ लाख र चौथो भएको काठमान्डु गोर्खाजले १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा गएको मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close