प्रदेश स्थापना दिवसको अवसरमा मन्त्री राणाको शुभकामना संदेश

दाङ ।लुम्विनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज थापा ( रोज राणा ) ले संघीय शासकीय संरचनामा प्रदेशलाई सफल र संमृद्ध वनाउने भूमिका लुम्बिनी प्रदेशवासी जनसमुदायको नै भएको बताउनु भएको छ ।
लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आज( सोमबार) शुभकामना ब्यक्त गर्दै मन्त्री राणाले संघीयतामा तीन तहको संरचना मध्ये प्रदेश संरचना संघीय शासन व्यवस्थाको महत्वूर्ण स्वायत्त संस्था भएको बताउँदै यसलाई सफल र संमृद्धिको लागी लुम्बिनी प्रदेशवासीको महत्वपूर्ण भूमिका हुने बताउनु भएको हो।
प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशबासी सम्पुर्ण आमा बुवा, दाजु बहिनी, दाजु भाइ, माननीय सदस्य ज्यूहरु, संस्थापक प्रदेश सभा सदस्य ज्यूहरु, सम्पुर्ण जनसमुदाय, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, विभिन्न संघ–संस्थाका अगुवाहरु र नागरिक समाज सबैमा शुभकामना व्यक्त गरेेको मन्त्री राणाको सचिवालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस !