सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिदै

काठमाडौं, । राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गनु्हुने भएको छ। सङ्घीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा)को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे नीति तथा कार्याक्रम प्रस्तुत गर्ने तय  छ ।

संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सकिने व्यवस्था छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि ६ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नु हुनेछ । सोही बैठकमा सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

सचिवालयका अनुसार राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमममाथि जेठ ७ गतेदेखि ९ गतेसम्म राष्ट्रिय सभामा छलफल हुने छ । छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले जेठ ९ गते जवाफ दिने कार्यक्रम तय गरेको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close