डढेलो नियन्त्रण सम्बन्धी गोष्ठी सन्धिखर्कमा सम्पन्न,पुर्व तयारीमा सबै निकाय लाग्न जरुरी रहेको विज्ञको सुझाव

सागर महत,मंसिर २६ अर्घाखाँची।
नेपालमा पछिल्लो समय अग्लो डाँडा भएको क्षेत्रमा आगलागीका घटना बढी हुने गरेको वन विज्ञ विजयराज पौड्ेलले बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल अर्घाखाँचीको समन्वयमा सन्धिखर्कमा आयोजना गरेको डढेलो नियन्त्रण सम्बन्धी जिल्लास्तरीय कार्यशाला गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

यस्तै वनमा आगोलागीका घटना तिब्र बसाईसराइँका कारण हुने गरेका छन ।आगालागीका तीन प्रकार हुने पौड्ेलको भनाइ छ ।पछिल्लो समय लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र आगलागि जोखिम क्षेत्र छन ।त्यसको न्युनिकरणको लागि पुर्व तयारी जरुरी रहेको बताउनुभयो।

रिकोफेटिसका कार्यक्रम अधिकृत निरज बाबु भट्टका अनुसार वन डढेलो नियन्त्रण गर्न सोहि संस्थाले ७ देशमा काम गर्दै आएको बताउनुभयो ।कार्यक्रमको उदेश्य भनेको सामुदायिक वनका पदाधिकारीलाई तालिम दिनु र डढेलो न्युनिकरण संगै वन सम्पदाको संरक्षण गर्नु रहेको छ ।

अर्घाखाँचीमा आगलागीको उच्च जोखिम जिल्लामा पर्ने डिभिजन वन कार्यालय अर्घाखाँचीका बरिष्ठ वन अधिकृत सन्त बहादुर थीङले बताउनुभयो । सन्धिखर्क नगरपालिका बरिष्ट प्रशासकिय अधिकृत मन्जु खनालले नगरपालिकाले विशेष योजना बनाएर आगलागी जोखिम न्युनिकरण गर्दै आएको बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ अर्घाखाँचीका अध्यक्ष मधुकुमार श्रेष्ठले वन संम्पदा संरक्षण देखि आगलागी न्युनिकरण गर्न विभिन्न कार्यक्रम गर्दे आएको बताउनुभयो ।अर्घाखाँची व्यपार संघका जिल्ला अध्यक्ष योगेन्द्रबहादुर खड्का अनुसार जिल्लाका ६ वटा पालिकामा एउटा मात्र दमकल हुनु आगलागी नियन्त्रणमा चुनौती रहेको बताउनुभयो ।
पत्रकार महासंघ अर्घाखाँचीका पुर्व अध्यक्ष सोभाखर पन्थीले संचार क्षेत्रले पनि डढेलो नियन्त्रणमा रेडियो,टेलिभिजन,सामाजिक संजाल र पत्रपत्रिकाबाट संदेश प्रभा गर्दै आएको बताउनुभयो ।विशेष गरि अर्घाखाँची जिल्लामा सल्ला र बाँसका बोटका कारण डढेलो तीव्र रूपमा फैलिने भएकाले यस्ता प्रजातिको रुख हटाउन सामुदायिक वनका पदाधिकारीले आग्रह गरेका हुन ।

स्थानीय तहका प्रतिनिधि,सामुदायिक वनका पदाधिकारी,दमकल चालक,वनका कर्मचारी लगायतका सरोकारवालाहरुले जिल्लामा आगलागीको समय आउनु पहिला नै पुर्व तयारी हुनुपर्ने विषयमा समेत जोड दिएका थिए ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ अर्घाखाँचीका कोषध्यक्ष लक्ष्मण पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।





कमेन्ट गर्नुहोस !