सामीद्वारा सन्धिखर्कमा वैदेशिक रोजगारको क्रमममा मृत्यु भएका परिवारलाई शैक्षिक सामग्री प्रदान

सागर महत,पुष ०३अर्घाखाँची ।
स्थाानीय तहमा सुरक्षित आप्रवासन कार्यक्रम (सामी ) प्रभावकारी बन्दै गएको सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्र्रा आचार्यले बताउनुभएको छ ।पहिला पहिला विना परामर्श वैदेशिक रोजगारीमा जादा धेरै दुःख भएका घटना सार्वजनिक भएको पाएको थियो । यो कार्यक्रम सन्धिखर्क नगरपालिकामा लागु भएपछि वैदेशिक रोजगारीमा जानु पुर्व श्रम बनाउने ,यदि वैदेशिक रोजगारमा जाने जो भए सिप सिकेर जाने कार्यक्रम वडा देखि पालिकामा संचालन भएपछि केहि सुधार भएको आचार्यको भनाई छ ।


सन्धिखर्क नगरपालिकाको आयोजना र सुरक्षित आप्रवासन कार्यक्रम (सामी ) को संयोजनमा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनु भएका श्रमिकका सन्ततीलाइ शैक्षिक साम्रगी हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।


सन्धिखर्क नगरपालिका का निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज भुसालले यो कार्यक्रम प्रभावकारी भएकाले २०८५ सम्म लागु रहने बताउनुभयो ।


सामि कार्यक्रमका जिल्ला संयोजक बसन्त श्रेष्ठका अनुसार आजको कार्यक्रममा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका परिवार सदस्य अन्तर्गत हाल अध्यान गरिरहेका ४ जना विद्यार्थीलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर भविश्य बोक्ने झोला र स्टेसनरीका सामग्री प्रदान गरिएको बताउनुभयो ।यस्तै संचारक्रमी संग अन्तरक्रिया पनि भएको उहाँको भनाइ छ ।


कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा वैदेशिक रोजगारीको क्रममा ठगिएकाहरुको ४० लाख फिर्ता गर्न सफल भएको बताउनुभयो ।यस्तै यो आर्थिक वर्षमा ५ लाख फिर्ता गरिएको श्रेष्ठले बताउनुभयो । कार्यक्रम मा पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष गणेश खनाल,सामी संजाल प्रदेश सदस्य राजेन्द्र भुसाल लगायतले मन्तव्य राखेको कार्यक्रम लक्ष्मण घिमिरेको संचालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close