नेपाल कम्युनिष्ट पार्टी(मसाल) को भष्ट्रचारी विरुद्वको कार्यक्रम सन्धिखर्कमा सम्पन्न

सन्धिखर्क ।नेपाल कम्युनिष्ट पार्टी(मसाल) जिल्ला समिति अर्घाखाँचीको आयोजनामा राष्ट्रघात,जनघात, भष्ट्रचारी र अनियमिताका विरुद्ध सन्धिखर्कमा विरोधसभा गरेको छ ।सभालाई सम्बोधन गर्दै अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष नरेन्द्र बहादुर थापाले दलाल संसदीय व्यवस्थाले नेपाली जनताको पक्षमा काम हुन नसक्ने बताउनुभयो । उहाँले अहिले सम्म भष्ट्रचारीहरुको जन्म दिएकोले यसको विकल्प नयाँ जनवादी व्यवस्था भएको बताउनुभयो।
राष्ट्रघाती नागरिकता विद्येक राष्ट्रपतिले प्रमाणिकरण गर्न नहुने यसो गरेमा जनताले खबरदारी गर्नु पर्ने थापाको भनाइ छ ।
भुटानी शरणार्थी प्रकरणमा दोषीमा परेकालाई कार्वाही गर्न माग गरिएको छ । सभाको संचालन नेकपा (मसाल) जिल्ला सदस्य राजेन्द्र नेपालीले गर्नुभएको थियो।
जिल्ला प्रशासन कार्यालयबाट पनि सरकारलाई भष्ट्रचार रोकथामको लागि ध्यानआकर्षण पत्र बुझाइएको छ ।
कमेन्ट गर्नुहोस !