अर्घाखाँचीःशितगंगामा टिप्पर दुर्घटना हुँदा २ जना घाइते

सागर महत सन्धिखर्क ।
अर्घाखाँचीमा आज टिप्पर दुर्घटना हुँदा २ जना घाइते भएका छन । ना १ क ८४७३ नम्बरको टिप्पर गोरुसिंगे सन्धिखर्क सडकखण्डको शितगंगा नगरपालिका वडा नम्बर ३ ठाडामा दुर्घटना हुँदा चालक अमृत चुदाली र सह—चालक पुरन झाक्री घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिपेन्द्र रावतले जानकारी दिनुभयो ।
घाइते लाई प्राथामिक उपचार केन्द्र ठाडामा सामन्य उपचार पछि थप उपचारका लागि लुम्बिनी प्रादेशीक अस्पतालमा रिफर गरिएको बताउनुभयो ।घाइते चालक र सहचालक सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का रहेको बताएको छ ।टिप्पर सडक देखि ३ सय मिटर तल खसेको छ । घटनाका बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !