अर्घाखाँची कांग्रेसबाट प्रतिनिधि सभा प्रत्यक्षमा ८ नाम सिफारिस,युवाको माग परीक्षण र विवादीत उम्मेदवार नबनाउन आग्रह

सन्धिखर्क,मंसिर ०४ ।नेपाली कांग्रेस अर्घाखाँचीले आगामी फागुन हुने प्रतिनिधि सभा निर्वाचन प्रत्यक्ष तर्फ ८ जनाको नाम सिफारिस गरेको छ ।पूर्व मन्त्री रेवती प्रसाद भुसाल, प्रदेश सहमहामन्त्री विष्णु प्रसाद खनाल ‘मुस्कान’, पूर्व पार्टी सभापति कमल प्रसाद भुसाल, छत्रदेव गाउँपालिकाका पूर्व अध्यक्ष तथा युवा नेता लेखनाथ पोखरेल, महाधिवेशन प्रतिनिधिहरू डाक्टर मुक्तीराम श्रेष्ठ, डाक्टर जय बहादुर टण्डन, ताराप्रसाद श्रेष्ठ, पार्टी उपसभापति बाबुराम पौडेल पनि प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिस गरिएको हो ।

आकांक्षी धेरै भएपछि केन्द्रीय मापदण्ड विपरीत तोकिए भन्दा बढी उम्मेदवारहरू सिफारिस गरिएको जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिनुभयो ।

समानुपातिकमा पूर्व उपसभामुख पुष्पा भुसाल, निर्मला क्षेत्री, मणिराम परियार, ललिता सुनार, राजेन्द्र केसी र विष्णु प्रसाद अर्याल समानुपातिकमा सिफारिस भएका छन्। यस्तै राष्ट्रिय सभामा पूर्व सांसद डा राम बहादुर बिसी, पूर्व पार्टी सभापति तथा जिल्ला समन्वय समितिका पूर्व सभापति पिताम्बर शर्मा भुसाल र नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य बालकृष्ण पाण्डे सिफारिस हुनुभएको हो ।

यस्तै कांग्रेस अर्घाखाँचीका युवाले यसमा असहमत जनाएका छन ।उनिहरुले एक पटक परिक्षण भएका उम्मेदार लाई सिफारीस नगर्न माग गरेका हुन ।अझै पनि हामी युवाहरु एक साथमा छौं।हाम्रो मुख्य एजेण्डा चुनावमा यस पटक कांग्रेसलाई जिताउने लक्ष्य हो । माथीबाट छनोट गर्दा एक पटक परिक्षण भएका उम्मेदार र जनमत कम भएको उम्मेदार छनोट नहोस सबैको प्रिय र चुनाव जित्ने पात्र होस भन्ने रहेको युवाहरुको माग छ ।जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षमा ८ जना, समानुपातिकमा ६ जना र राष्ट्रिय सभामा ३ जना सिफारिस गरेको हो।जहाँ एक एक जना आवश्यक हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close