अर्घाखाँचीको भुनपामा आगलागि घर र गोठ जलेर नष्ट,भैंसी,बाख्रा र कुखुरा पनि मरे

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीमा वनबाट सल्किएको आगो बस्तीमा पस्दा १ घर र ३ वटा थारो जलेर नष्ट भएका छन ।
जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ७ पानडांडामा आगलागि हुँदा स्थानीय लोक बहादुर थापाको ३ तले टिनले छाएको घर र गोठ जलेर पुर्ण रुपमा क्षती भएको छ । २६ वटा कुखुरा जलेर मरेका छन।एउटा १ बाख्रा घाईते भएको छ ।
सोहि ठाउँका रेल बहादुर थापा मगरको टिनले छाएको गोठ जलेर पुर्ण रुपमा क्षति भएको छ।एउटा भैसी, पाडो, ६ वटा बाख्रा,१७ वटा कुखरा जलेर मरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विष्णुप्रसाद पौडे्लले जानकारी दिनुभयो ।
यस्तै तिलक बहादुर रायमाझीको टिनले छाएको गोठ र ट्वाईलेट जलि पुर्ण रुपमा क्षति, ३ बाख्रा र १६ वटा कुखुरा जलेर मरेका छन भने एउटा भैसी घाईत भएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !