एसईई परीक्षा वैशाख ९ गतेदेखि हुने

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।बोर्डका अनुसार यस वर्ष करिब ५ लाख परीक्षार्थीले एसइई दिनेछन्।
चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो
कमेन्ट गर्नुहोस !