आइएमई लाइफ इन्स्योरेन्स अर्घाखाँची शाखाद्वारा मृत्यु दावी भुक्तानी

अर्घाखाँची ।आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सन्धिखर्क शाखा कार्यालयले ६ लाख १२ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । सन्धिखर्क नगरपालिका वडा नं. ३ , छापडाँडाका राम बहादुर रानाको गत कार्तिक २८ गते कोरोना संक्रमणका कारण लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।मृत्यु दावी वापतको रकम आज सन्धिखर्क शाखा कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका वीच मृतककी श्रीमती अनिता थापा रानालाई चेक हतान्तरण गरिएको थियो ।कम्पनीमा मृतक रानाले २०७७ माघ १३ गते धन सरिता वार्षिक अग्रीम भुक्तानी सावधिक जीवन वीमा अन्तर्गत ६ लाखको जीवन वीमा लिनु भएको थियो । उहाँले एक किस्ता वापत ४५ हजार ८स ८८ रुपैँया मात्र तिर्नुभएको थियो । वीमा गरेको एक वर्ष नपुग्दै वीमितको मृत्यु भएको हो । मृतक एक स्थायी शिक्षक हुनुहुन्थ्यो ।उहाँले शान्ति माध्यमिक विद्यालय भूमिकास्थान नगरपालिका धारापानीमा अध्यापन गराउँदै आइरहनु भएको थियो ।
मृतक रानाको कोरोना संक्रमणका कारण लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएकोले कम्पनीले वीमाङ्क वापतको ६ लाख र अतिरिक्त १२ हजार गरि ६ लाख १२ हजार रकम सन्धिखर्क शाखा प्रमुख विक्रम पाण्डेले मृतककी श्रीमती अनिता थापा रानालाई चेक मार्फत हस्तान्तरण गर्नुभएको हो ।रकम हस्तान्तरण कार्यक्रममा बोल्दै शाखा प्रमुख विक्रम पाण्डेले बीमाले व्यक्तिलाई आफ्नो जीवन र सम्पत्तिबारे भविष्यमा हुनसक्ने जोखिमहरूको कारण उब्जिएको समस्याबाट राहत हुने गरी क्षतिपूर्ति दिने भएकोले जीवन वीमा आबश्यक भएको बताउनु भयो ।कार्यक्रममा मृतककी श्रीमती अनिता थापा रानाले वीमा कम्पनीले वीमा गरेपछि भुक्तानी दिन मान्दैनन् , ढिला सुस्ती देखाउँछन् भन्ने सुनेको थिएँ र तर आइएमई लाईफले कुनै झन्झटिलो प्रकृया बिनानै सहजै रुपमा भुक्तानी दिएकोमा धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रममा शाखा प्रमुख विक्रम पाण्डे , कर्मचारी विमला थापा क्षेत्री , एजेन्सी मेनेजर टामलाल पाण्डे , माया नेपाली , प्रेमकला भुसाल लगायतको उपस्थिती रहेको थियो ।
कमेन्ट गर्नुहोस !