वाग्मतीमा नवनियुक्त मुख्यमन्त्री र मन्त्रीद्वारा शपथ ग्रहण

मकवानपुर – वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्नुभएकाे छ । उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बिहीवार आफ्नै कार्यालयमा पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएकाे हाे ।

यसैबीच नेपाली कांग्रेसका कृष्णलाल भँडेल, नेकपा माओवादी केन्द्रका कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मालाई क्रमशः भौतिक पूर्वाधार, सामाजिक विकास र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनीहरूलाई पनि आज नै पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराइएकाे छ ।

हिजाे यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीकाे वाग्मती प्रदेशका संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।  ujyaaloonline

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close