निर्माण व्यवसायी श्रेष्ठ सम्मानित

गुल्मी। पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा श्रेष्ठ कन्ट्रक्सनका प्रोपाइटर तथा गुल्मी निर्माण व्यवसायी संघका महासचिव हरिकुमार श्रेष्ठ सम्मानित हुनुभएको छ । उहाँले समयमै गुणस्तरीय भवन निर्माण गरेको भन्दै जिल्लाको मुसिकोट नगरपालिकाले प्रशासकीय भवन उद्घाटन गर्न आउँनुभएका पुर्वप्रधानमन्त्री ओलीको हातबाट नगरपालिकाले सम्मान गरेको हो ।
श्रेष्ठले समयमै उत्कृष्ट भवन निर्माण गरेको भन्दै नगरपालिकाको सम्मानपत्र सहित सम्मान गरेको जनाएको छ ।गुणस्तरीय निर्माण कार्य गरी निर्माण क्षेत्र तथा सामाजिक क्षेत्रमा समेत छुट्टै पहिचान बनाउनुभएका सफल युवा निर्माण व्यवसायी श्रेष्ठ यस अगाडी पनि जिल्लाका विभिन्न स्वास्थ्य चौकीको अत्याधुनिक भवनहरु समयमै निर्माण कार्य सम्पन्न गरेको भन्दै सम्मानित हुनुभएको थियो ।
दुईवटा मिटिङ हल, एउटा सेमिनार हल, ३९ कोठा, ठूलो पार्किङ क्षेत्रसहितको प्रमुख प्रशासकीय भवन निर्माण गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि १५ करोड ३० लाख ६५ हजार आठ सय पाँच रुपैयाँ लागत अनुमान गरिएको थियो । जसमा ८ करोड ४८ लाख ११ हजार ४ सय २० रुपैयाँमा २० पुस ०७७ मा श्रेष्ठ महादेव खिम्ती जेभीले निर्माणको सम्झौता गरेको थियो ।
कमेन्ट गर्नुहोस !