अर्घाखाँचीमा आफैले बोकेको बन्दुक पड्केर एक जनाको मृत्यु

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीमा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ।मकै बारीमा आएको बाँदर धपाउन जाने क्रममा भुमिकास्थान नगरपालिका वडा नम्बर ७ पानडाँडाका ४५ वर्षिय पदम केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

एकनाले आफैले बोकेको बन्दुक पड्किएर उनको दाहिने कोखमा लागेर गम्भीर घाइते भएका केसीको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए ।
भरुवा बन्दुक नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान सुरु गरिएको समेत उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close