मालारानी गाउँपालिकामा दीर्घरोगी बिरामीलाई निःशुल्क औषधि वितरण गर्न सुरु

सागर महत,अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिकाले दीर्घरोगी बिरामीका लागि निःशुल्क औषधि वितरण गर्न सुरु गरेको छ ।गाउँपालिकाभित्र रहेका ९ वटा वडा बाट रोगको पहिंचान गरी अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले बताउनुभएको हो । पालिकाभित्र रहेका दीर्घरोगी बिरामी मध्ये सुगर, प्रेसर र छारे रोगका बिरामीहरूलाई वडामा रहेका स्वास्थ्य संस्थामार्फत निःशुल्क औषधि वितरण गर्न सुरु गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाको पहिलो निर्णयमा नै पालिकाले दीर्घरोगीहरुको पहिंचान गरेर निःशुल्क औषधि वितरण गर्ने भनेको थियो । सोही बमोजिम हालसम्म १३ सय ६० जनाको नाम संकलन भएको छ । पहिलो चरणमा ति व्यक्तिहरुलाई निःशुल्क औषधि वितरण गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष भट्टराईको भनाइ छ ।

गाउँपालिकाकी उपाध्यक्ष दिपा पोखरेलले गाउँपालिकाबाट भन्दा वडाका स्वास्थ्य संस्थाबाट दीर्घरोगीहरूका लागि औषधि वितरण गर्दा नागरिकलाई सहज हुने बताउनुभयो । सोही अनुसार सेवा प्रभाहमा लागेको उहाँले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर ५ का स्थानीय रणबहादुर बस्नेतले पालिकाले प्रदान गर्ने निःशुल्क औषधि मध्ये आफूले प्रेसरको औषधि पहिले पटक प्राप्त गर्दा निकै खुशी भएको बताउनुभयो ।

औषधि गाउँमै प्राप्त गरेपछि सदरमुकाम सन्धिखर्क औषधि लिन आउन पर्ने बाध्यता हटेको बताउनुभयो।उहाँले सेवालाई दिर्घकालीनसम्म लगेमा नागरिकलाई सहज हुने समेत बताउनुभयो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close