म्यानमारमा प्रदर्शनकारी र सुरक्षाफौजबीचको झडपमा ९० भन्दा बढीप्रदर्शनकारीको मृत्यु

काठमाण्डाै -म्यानमारमा शनिबार भएको प्रदर्शनकारी र सुरक्षाफौजबीचको झडपमा ९० जना भन्दा बढीप्रदर्शनकारीको मृत्यु भएको छ। त्यहाँको राजनीतिक कैदीहरूका लागि सहयोगी संस्था (एएपीपी)का अनुसार शनिबार साँझको रिपोर्टअनुसार एकैदिन ९० जना प्रदर्शनकारीहरूको मृत्यु भएको छ । नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा लागेकाहरुमाथि त्यहाँको सेनाले गोली प्रहार गरेको हो ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनास्थलमा रिपोर्टिङमा रहेका एक पत्रकारका अनुसार त्यहाँ प्रदर्शनकारीहरुमाथि प्रहरीले नै गोली चलाएको बताएको बीबीसीले खबर लेखेको छ । म्यानमारमा सेना विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारीहरुको मृत्यु भएको छ।

प्रदर्शनकारीमाथि गोली चल्दै गर्दा सेना दिवसको अवसरमा म्यानमारका सैनिक प्रमुख जनरत मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनःस्थापित गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले सेना नै सत्तामा आउनुपर्ने र नेतृ आङ सान सुकी र सुकी नेतृत्वको पार्टीले अवैध काम गरेको आरोपसमेत लगाउनुभएको छ ।

प्रदर्शनकारीहरुमाथि गोली हान्ने आदेश दिएकाबारे भने उहाँले केही खुलाउनुभएको छैन् । तर सेना प्रमुख लाइङले प्रदर्शनकारीहरुले नै गोली चलाउन थालेको आरोप लगाउनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close