छोरीद्वारा बलात्कारी बाबुको गोली हानेर हत्या

लाहौर । पाकिस्तानको पञ्जाब प्रान्तमा एक किशोरीले आफ्ना बुबालाई गोली हानेर हत्या गरेकी छिन । जुन पिता माथी ती बालिकाले विगत तीन महिनादेखि बलात्कार गरेको आरोप लगाइएको थियो ।

प्रहरीका अनुसार घटना लाहोर सहरको गुज्जरपुरा क्षेत्रमा भएको हो । यहाँ १४ वर्षीया बालिकाले प्रहरीलाई दिएको बयानमा बाबुले तीन महिनादेखि बलात्कार गरेको बताएकी छन् ।

बाबुको हत्या प्रकरणमा अनुसन्धान गरिरहेका सोहेल काजमीले भने,  ‘छोरीले आफू डरलाग्दो अवस्थाबाट गुज्रिरहेको बताइन् । उनले बलात्कारी बुबालाई मार्ने निधो गरे र बन्दुकले गोली हानी मारिन् ।” बालिकाका बाबुको घटनास्थलमै मृत्यु भएको काज्मीले बताए । प्रहरी अधिकारीका अनुसार सबै पक्षबाट अनुसन्धान गरी अभियुक्त विरुद्ध मुद्दा दर्ता गरिने छ ।

समाचारमा भनिएको छ कि परिवारले सो किशोरीले बाबुलाई मारेको थाहा पाए पछि पुलिसलाई बोलाएका थिए । शनिबार दिउँसो छिमेकीले पुलिसलाई अपराधको बारेमा जानकारी दिएको जनाईएको छ ।  सूचना पाएलगत्तै सिभिल लाइन्सका एसपी हसन भट्टी र प्रहरी वरिष्ठ अधिकारीले घटनास्थलमा अभियुक्त, उनकी आमा, भाइ र छिमेकीलाई पक्राउ गरेका थिए ।

यस घटनाको एक दिन अघि मात्र एक पाकिस्तानी अदालतले एक नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close