सुपादेउरालीमा सन्धिखर्क नगरपालिकाको आदेश नचल्ने वडा अध्यक्ष केसीको भनाइ

सागर महत मंसिर पुष ०३ अर्घाखाँची ।प्रसिद्ध अर्घाखाँचीको सुपादेउराली मन्दिरमा सन्धिखर्क नगरपालिका को मात्र आदेश नचल्ने सन्धिखर्क ७ का वडा अध्यक्ष चुराबहादुर केसीले बताउनुभएको छ ।सुपादेउराली मन्दिरको पहिँचान र परम्परालाई संरक्षण गर्नु वडा कार्यालयको दायित्व पनि भएको बताउनुभएको छ ।

सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ निर्णय गरेर मन्दिरमा पठाएको पत्र आफुहरुलाई मान्य नभएको बताउनुभएको छ । आज पत्रकारहरु संग कुरा गर्दै यस्तो बताउनुभएको हो ।
यस्तै नगरपालिकाले विभिन्न व्यक्ती परिचालन गरेर आफुले संचालनको व्यवसायलाई पनि अनावश्यक टिका टिप्णी गरेको उहाँको भनाई छ । म जनप्रतिनिधि हुनुभन्दा पहिला जो आफु व्यवसायमा जोडिएको बताउनुभएको छ ।यस्तै उहाँले मन्दिरको सम्पुर्ण कारोबार बैंकबाट हुँदै आएको बताउनुभयो ।
यस्तै पार्किङको विषय पटक पटक कार्यपालीकामा लैजादा समेत नगरपालिकाले ध्यान नदिएको उहाँको आरोप छ ।




कमेन्ट गर्नुहोस !