अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका वडा नम्बर– ७ झन्द्रेकको भेडावारीमा हिजो साँझ गएको पहिरोमा परी स्थानीय जिवलाल सुनारकी ९ वर्षिय छोरी झरना सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घरमाथिबाट आएको पहिरोले पुरिदा सुनारको मृत्यु भएको हो । पहिरोमा परि २ जना घाइते भएका छन ।घाइते हुनेमा मृतकका दाजु र छिमेकी मोहन सारु रहेको बताइएको छ । पहिरोले घर र थारो पुर्णरुपमा भत्किएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुभयो । पहिरोमा ६ वटा बाख्रा १ वटा भैसी ,अन्नपात लत्ता कपडा लगायतका सामग्री सबै पुरिएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close